चन्द्रागिरिमा हराएका पाँचजनाको प्रहरीद्वारा उद्धार

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

आइतबार चन्द्रगिरिमा हिउँ खेल्न पुगेका पाँच जनाको प्ररीले उद्धार गरेको छ । चन्द्रागिरि नगरपालिका– ६ महादेवस्थान बस्ने एकै परिवारका पाँचजना हराएको भनी प्रहरीमा उजुरी परेपछि प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयको नेतृत्वमा विपत् व्यवस्थापन गुल्म सामाखुसीबाट ३७ जना प्रहरी परिचालन गरिएको थियो ।

पाँच घन्टा लामो खोजीपछि उनीहरूको सकुशल उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ । उद्धारपछि पाँचैजनाको स्वास्थ्य परीक्षण गरी प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

उद्धार हुनेमा चन्द्रागिरि नगरपालिका– ६ महादेवस्थान बस्ने २३ वर्षीया रिता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया  जेनिसा गुरुङ र ७ वर्षीय  एरविन गुरुङ रहेका छन् । 

See More On

सुझावित समाचार