दाङमा जुवाको खालबाट आठजना पक्राउ

बिहिबार, २० माघ, २०७८
डिजिटल संस्करण

दाङमा जुवाको खालबाट आठजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति ७ बजेतिर शान्तिनगर गाउँपालिका– ५ स्थित ३२ वर्षीय नीराजन मल्लको घरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ८२ हजार तीन सय पाँच रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मल्लसहित शान्तिनगर– ७ का ४० वर्षीय प्रमोदकुमार खड्का, सोही ठाउँका  ४५  वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश  रावत, ४० वर्षीय  बलिराम खत्री, तुलसीपुर उपमहानगरपालिका– ९ का राजेशकुमार बोहरा, तुलसीपुर–का ५८ वर्षीय  ध्रुव शाह, भारतको बिहार घई भई हाल शान्तिनगर– ५ बस्ने ३५ वर्षीय हजरत अली रहेका प्रहरीले जनाएको छ।

सुझावित समाचार