भिजिट भिसाको दुरुपयोग नगर्न गृहमन्त्री खाणको आग्रह

मंगलबार, ११ माघ, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयोग नगर्न आग्रह गरेका छन्। मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफलका क्रममा गृहमन्त्री खाणले भिजिट भिसा दुरुपयोग गरेर पनि नेपालीले तेस्रो मुलुकमा पीडा भोग्नुपरेको उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन्।

भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि उनले मातहतका निकायलाई निर्देशन दिएका छन्। वैदेशिक रोजगारीमा गएकाहरू ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनले उनीहरूको उद्दारमा पनि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।

‘भिजिट भिसामा गएकाहरूले त्यहाँ श्रमिकको रूपमा काम गर्न थाले, त्यो पनि समस्या छ। अर्को कामका लागि गएका तर काम नपाएकाहरूको पनि समस्या छ। यस विषयमा श्रममन्त्रीले मन्त्रिपरिषदमा कुरा राख्नुभएको छ। त्यतापट्टि यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भीर छ। भिजिट भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगरुन्, त्यतापट्टि नै हाम्रो सजगता हो। त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो। यसमा नेपाल सरकारको गृह मन्त्रालय लागि परेको छ,’ मन्त्री खाणले भने।

सुझावित समाचार