प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

भारत भ्रमणमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन्। चौथाइवालेले ट्विट गर्दै राणासँग भेटवार्ता भएको जनाएका छन्। गत भदौमा नेपाल भ्रमणका आएका वेला चौथाइवालेलाई राणाले प्रधानमन्त्रीनिवासमा राखी बाँधिदिएकी थिइन्। प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी भइरहेको वेला राणाले दिल्लीमा राजनीतिक भेटवार्ता सुरु गरेकी हुन्।
 

सुझावित समाचार