दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा ३५ वर्षीय वामपन्थी युवा ग्याब्रिएल बोरिक निर्वाचित भएका छन्। राष्ट्रपतिको निर्वाचनमा ५६ प्रतिशत मतसहित उनी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी होजे एन्टोनियो कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बोरिक यसअघि चिलीको सांसद पनि भएका थिए। त्यसअघि उनले राष्ट्रिय विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए। पछिल्लो समय सत्ता र शक्तिको दुरुपयोगबाट भ्रष्टाचार बढेको चिलीमा उनले सामाजिक असमानता घटाउने तथा धनीहरूलाई ट्याक्स बढाएर सामाजिक सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउनेजस्ता मुद्दाहरू चर्को रूपमा उठाएका थिए। यसका अलावा, पेन्सनको व्यवस्थापन प्रभावकारी गराउने र हरित अर्थतन्त्रमा जोड दिनेलगायतका मुद्दाहरू बोरिकले उठाएका थिए।
उनी चिलीको इतिहासमा सबैभन्दा कान्छा राष्ट्रपति हुन्। चिलीको राजधानी सेन्टियागोस्थित युनिभर्सिटी अफ चिलीमा बोरिक विद्यार्थी संघका नेता थिए। सन् २०११ मा सस्तो र गुणस्तरीय शिक्षाको मागसहित भएको प्रदर्शनको नेतृत्व गरेर उनले चिलीको राजनीतिक वृत्तमा ख्याति कमाएका थिए।
सन् २०१४ मा २८ वर्षको उमेरमै उनी मगल्यानेज क्षेत्रबाट चिलीको लोअर हाउसका सांसद बनेका थिए। राष्ट्रपतिमा उम्मेदवारी दिएपछि बोरिकले नवउदारवादी आर्थिक मोडलको अन्त्य गर्ने वाचा गरेका थिए। जनरल अगस्टो पिनोचेतको १९७३ देखि १९९० सम्मको अधिनायकवादी शासनले नवउदारवादलाई प्रश्रय दिएको भन्दै उनले ‘अति धनी’ मानिसहरूलाई करको दायरामा ल्याएर सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने वाचा गरेका थिए।
चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बोरिक निर्वाचित
मक्का सम्झौताप्रति सावधान हुनुपर्छ भारत
२ हप्ता अघि
इमरान खानकी बहिनी पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
रोहिंग्याको दमनविरुद्ध मुस्लिम देशहरू किन दरिलोसँग आवाज उठाउन सक्दैनन् ?
इस्लामिक सहयोग संगठनले आफ्नो सदस्य नभएका सरकारहरूमार्फत रोहिंग्याविरुद्ध गरिएको दुर्व्यवहारलाई पनि चुनौती दिनुपर्छ
पाकिस्तानमा एक विद्यालयको छाना खस्दा कम्तीमा ३३ जनाको मृत्यु
इस्लामाबाद/ उत्तर–पश्चिमी पाकिस्तानमा एउटा विद्यालयको छाना खस्दा कम्तीमा ३२ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । त्यस्…
ट्रम्पसँग तनावपछि युक्रेनी सेनाको स्टारलिंक इन्टरनेटमा पहुँच सीमित
रुसले युक्रेनमा ठुलो संख्यामा ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्दा अमेरिकाले विगतमा दिनेजस्तो आक्रमणको पूर्वसूचनासमेत युक्रेनी पक्षलाई दिएन
म्यानमारमा ‘स्क्याम सेन्टर’ चलाउने तीन चिनियाँलाई मृत्युदण्ड
बेइजिङ/ पूर्वी चीनको एउटा अदालतले म्यानमारमा स्क्याम सेन्टरको सञ्जाल सञ्चालन गरेको अभियोगमा तीनजना चिनियाँ नागरिकलाई मृत्युदण्डक…
इतिहासमा आज
सन् १९९४ : नर्वेको नोबेल कमिटीद्वारा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिन, विदेशमन्त्री सिमोन पेरेज र प्यालेस्टिनी नेता यासेर अराफा…
प्रान्तीय सरकार भंग गरिए पनिपिटिआईले ‘लङ मार्च’ नरोक्ने
इस्लामाबाद/ जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पिटिआई) ले सं…