टर्कीमा कोरोना भाइरसको संक्रमण घट्न नसकेको पाइएको छ। पछिल्लो समयमा टर्कीमा यसको संक्रमण बढ्दै गएको देखिएको छ। प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजारजनामा संक्रमण देखिएको हो।
टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको जनाएको छ। सोमबार मात्र संक्रमणका कारण १८७ जनाको ज्यान गएको छ। यहाँ संक्रमणबाट अहिलेसम्म ७८ हजार भन्दा बढीको ज्यान गएको पाइएको छ। रासस/सिन्ह्वा