अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकोमा युनिसेफको चिन्ता

शनिबार, २७ कार्तिक, २०७८
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानका बालिकाहरूको अवस्था चिन्ताजनक रहेको बताएको छ। अफगानिस्तानमा निकै सानो उमेरमा पनि बालिकाको विवाह हुने गरेको तथा दाइजोका लागि बालिकाहरूको किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ।

अफगानिस्तानमा बालिकाको उमेर नपुग्दै विवाह हुने मात्र नभएर उनीहरूलाई दाइजोका रूपमा समेत किनबेच हुने गरेका सूचना पाएको भन्दै युनिसेफले यहाँका बालिकाको अवस्थाको बारेमा चिन्ता व्यक्त गरेको हो। यहाँ सन् २०१९ मा १८३ वटा बालबिवाह भएको र १० जना बालिकालाई बिक्री गरिएको एक रिपोर्टमा जनाइएको युनिसेफको दाबी छ।

युनिसेफले यसरी बिक्री गरिएका बालिकाको उमेर ६ महिनादेखि १७ वर्षको रहेको बताएको छ। एक रिपोर्टअनुसार हाल यहाँका २८ प्रतिशत युवतीको १८ वर्षअगावै विवाह हुने गरेको छ। महिला तथा बालिकाको यस्तो अवस्था रहेको अफगानिस्तानमा हालको तालिबानको शासनका समयमा महिला तथा बालिकामाथि थप समस्या हुन सक्ने भन्दै यसप्रति युनिसेफले चिन्ता व्यक्त गरेको हो । रासस

सुझावित समाचार