ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छिन्। मंगलबार काठमाडौंमा महिन्द्राद्वारा आठ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन्। उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरू बढाउने रहेको बताइन्। मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारीसाधनहरूले सहयोग गर्ने पनि स्पष्ट पारिन्। विद्युतीय सवारीसाधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकका सरकारी कार्यालयहरूमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरू विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताइन्।
मन्त्री भुसालले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलियतका लागि तयार रहेको बताइन्। उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरूलाई निःशुल्क दिने र डोमेस्टिक कन्जम घटेको महसुल र सिँचाइमा घटेको महसुल लागू हुने बताइन्।