कांग्रेसमा युवा र ज्येष्ठ सदस्य सल्लाहकार परिषद्को व्यवस्था

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसले विधानमै कांग्रेस युवा परिषद्को व्यवस्था गरेको छ । सभापतिले तोकेका युवा केन्द्रीय सदस्यको नेतृत्वमा परिषद् रहनेछ । परिषद्को संरचनालगायतका अन्य विषय तोकिएबमोजिम हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

त्यस्तै, विधानमा ज्येष्ठ सदस्य सल्लाहकार परिषद्को व्यवस्थासमेत गरिएको छ । कांग्रेसमा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका तथा राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका, तर हाल कुनै पदीय जिम्मेवारीमा नरहेका ज्येष्ठ सदस्यको योगदानलाई सम्मान गर्न र निजहरूको अनुभव र ज्ञान तथा दक्षतालाई पार्टीमा सदुपयोग गर्न सल्लाह सुझाव लिन ज्येष्ठ सदस्य सल्लाहकार परिषद्को व्यवस्था गरिएको महामन्त्री पौडेलले बताए । 

सुझावित समाचार