गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण भारतमा हुने

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारतमा हुने भएको छ। उनी द्विपक्षीय औपचारिक भ्रमणका लागि नभएर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन २६ असोजमा भारत जान लागेका हुन्।  

 बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नयाँ दिल्लीमा २७ असोजमा आयोजना हुन लागेको नयाँ दिल्लीस्थित नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए। उक्त बैठक भारतीय गृहमन्त्री अमित शाहको पहलमा आयोजना भएको हो।  

बैठकमा गृहमन्त्री गुरुङसहित  भारतका अमित शाह, बंगलादेशका सलाहुद्दिन अहमद, भुटानका लुङ्तेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट विन स्वे, श्रीलंकाका विजिथा हेराथ र थाइल्याण्डका अनुतिन चानविराकुल सहभागी हुनेछन् । उनले भारतीय समकक्षी अमित शाहसँग पनि द्धिपक्षीय भेटवार्तासमेत गर्नेछन् । गृहमन्त्री गुरुङ २८ असोजमा स्वदेश फर्किनेछन्।
 

सुझावित समाचार