बाढीले पुल बगाएपछि सेनाले बनायो अस्थायी पुल, माथिल्लो मनाङको आवागमन सञ्चालन

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने सडकअन्तर्गत ठाडो खोलामा बाढीले बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी आवागमन सञ्चालनमा ल्याइएको छ।

नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो। पुल निर्माण सम्पन्न भएसँगै चामे–माथिल्लो मनाङ सडकखण्डमा रोकिएको आवागमन पुनः सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ।

बाढीका कारण पुल बगाएपछि चामेबाट माथिल्लो मनाङतर्फको आवतजावत प्रभावित भएको थियो। तत्काल यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासमा अस्थायी संरचना निर्माण गरिएको हो।

क्षतिग्रस्त पुलको स्थायी पुनर्निर्माण नभएसम्म अस्थायी पुलले स्थानीयवासी तथा यात्रुको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।

सुझावित समाचार