एमाले उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीलाई समर्थन गर्ने भएका छन् । पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका गौतमले एकता अभियानको कार्यसम्पादन कमिटीको बिहीबारको बैठकमा माधव नेतृत्वको पार्टीलाई समर्थन गरेर अघि बढ्ने बताएका हुन् ।
एकता अभियानका सचिव बाबुराम थापाका अनुसार गौतमले बृहत् कम्युनिस्ट एकतामा जोड दिएका छन् । आवश्यक गृहकार्य गर्न गौतमले अभियानका सहसंयोजक हरि पराजुली र सचिव थापालाई जिम्मा दिएका छन् ।