अफगान राष्ट्रपति घानीले जारी गरे भिडियो सन्देश

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

तालिवानले निरन्तर आक्रमण गर्दै देशका मुख्य सहरहरू नियन्त्रणमा लिएपछि राष्ट्रपति असरफ घानीले राजीनामा दिने खबरहरू आइरहेका छन्। यसैबीचमा घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव पनि गरेका थिए। तर, तालिवानले उनको प्रस्तावलाई अस्वीकार गरेको छ।

यसैक्रममा राष्ट्रपति घानीले शनिबार एक भिडियो सन्देश जारी गर्दै तालिवानविरुद्ध लडिरहेका सेनाको मनोबल उच्च राख्ने कोसिस गरेका छन्। 

करिब साढे दुई घन्टा लामो उक्त सन्देशमा घानीले भनेका छन्, ‘वर्तमान अवस्थामा अफगानी सुरक्षा फौजहरूको मनोबल उच्च राख्नु हाम्रो प्राथमिकता हुनेछ।’ घानीले समस्यासँग जुध्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मित्र शक्तिहरूसँग वार्ता गरिरहेको पनि बताएका छन्।

सुझावित समाचार