धान गोड्न घरबाट निस्किएका दुईजना मृत भेटिए

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालामा दुईजना मृत फेला परेका छन् । धान गोड्न भनेर घरबाट निस्किएका कुशे– ५ का ४८ वर्षीय जितबहादुर थापा र सोही ठाउँ बस्ने ५६ वर्षीय साइमल कामी शुक्रबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धान गोड्न गएका उनीहरू पाँच दिनदेखि सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीनलगत्तै स्थानीयले खोजीकार्य गर्दा शुक्रबार उनीहरू खोला किनारका मृत भेटिएका हुन् ।
  
 

See More On

सुझावित समाचार