नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूलाई सहयोगका लागि तीन लाख ६१ हजार ६६७ रुपैयाँ सहयोग गरेको छ।
उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको कांग्रेस संसदीय दलले जनाएको छ। सो रकम कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसदको १० दिन र दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको एक महिनाको पारिश्रमिक हो।
यसअघि १२ भदौमा बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले भोटेकोशीको बाढीबाट प्रभावित नागरिकका लागि मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।