अमेरिकाले आर्थिक सहयोग वृद्धि गर्ने

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति अलेजेन्द्रो जियामेटीसँग सोमबार भिडियो कन्फरेन्समार्फत कुरा गर्दै मध्यअमेरिकी देशहरूलाई अमेरिकाले प्रदान गर्दै आइरहेको आर्थिक सहायतामा वृद्धि गर्ने बताएकी छन् ।

मध्यअमेरिकी देशबाट आप्रवासी प्रवेशको क्रम तीव्र गतिमा वृद्धि भएसँगै अमेरिकाले आप्रवासीलाई उनीहरूकै मुलुकमा अवसर सिर्जना गर्ने गरी आर्थिक सहायता वृद्धि गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना उपराष्ट्रपति ह्यारिसलाई मध्यअमेरिकी मुलुकबाट हुने गरेको आप्रवासन समस्याको वास्तविक कारण पहिचान गर्न विशेष जिम्मेवारी दिएका थिए ।

यसैक्रममा उपराष्ट्रपति ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति जियामेटीसँग भर्चुअल बैठक गरेकी हुन् । उपराष्ट्रपति ह्यारिसमाथि आप्रवासनका सन्दर्भमा निकै ठूलो चुनौती छ ।

सुझावित समाचार