रंगशाला बन्द गर्ने सरकारको निर्णयका बाबजुद मैदानमा दर्शकलाई अनुमति

सोमबार, ६ बैशाख, २०७८
डिजिटल संस्करण
रंगशाला बन्द गर्ने सरकारको निर्णयका बाबजुद मैदानमा दर्शकलाई अनुमति

फाइल तस्बिर

सरकारले कोरोना भाइरस (कोभिड– १९) को बढ्दो संक्रमणलाई ध्यानमा राखी रंगशाला बन्द गर्ने निर्णय गरे पनि त्रिदेशीय शृंखलाअन्तर्गत नेपाल र मलेसियाबीचको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ ।

शृंखलाअन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल १ः१५ बजेपछि सुरु हुनेछ । सरकारको निर्णय आउनुभन्दा पहिले नै खेल हेर्न दर्शक मैदान प्रवेश गरिसकेकाले कम्तीमा यो खेलमा सरकारको आदेश पालना गर्न नसकिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

‘सरकारको निर्णय त थाहा पायौँ । तर, बिहानैदेखि दर्शक मैदान प्रवेश गरिसकेका छन् । धेरै दर्शक टिकट लिएर गेटमा उपस्थित छन्,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘मैदानमा प्रवेश गरिसकेका दर्शकलाई निकाल्न असम्भव छ । यसपछिका बाँकी खेलमा भने सरकारको निर्णय पालना गर्नेतर्फ योजना तय गर्नेछौँ ।’

See More On

सुझावित समाचार