संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीको शपथग्रहण कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । राष्ट्रपतिनिवास शीतलनिवासमा बुधबार बिहान ३२ जना पदाधिकारीहरूलाई शपथग्रहण गराइएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरूलाई सम्बन्धित आयोगको प्रमुखबाट शपथ गराइएको हो ।
संविधान मिचेर पदाधिकारी नियुक्त गरेको भन्दै सभामुख कार्यक्रममा नगएको उनी निकटहरूको भनाइ छ।