राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरूले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
मन्त्रिपरिषद्को गत २९ असोजमा बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रवदना राई र सुमित्रा चौधरीलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो ।