ओडिआई वरीयतामा नेपालको सुधार

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । आइसिसी पुरुष ओडिआई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। नामिबिया एक स्थान खस्किँदा नेपाल एक स्थान माथि उक्लिएको हो।

आइसिसीको बिहीबार अद्यावधिक वरीयताअनुसार नेपाल १६औँ स्थानमा उक्लिँदा नामिबिया १७औँ स्थानमा झरेको छ। सूचीमा अन्य टोली यथावत् छन्।

३३ खेलबाट नेपालले ९३९ र २४ खेलबाट नामिबियाले ६७६ अंक जोडेका छन्। दुवै टोलीको समान २८ रेटिङ छ।

सुझावित समाचार