आइपिएल : सुपर ओभरमा दिल्लीको जित

सोमबार, ५ असोज, २०७७
डिजिटल संस्करण

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को आइतबार दोस्रो दिन दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जाबबीच रोमाञ्चक प्रतिस्पर्धा भयो । 

यो खेलको छिनोफानो सुपर ओभरबाट सम्भव भयो । युएईको अन्तर्राष्ट्रिय मैदानमा दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । 

किंग्स ११ पन्जाबले २० ओभरमै आठ विकेटको क्षतिमा एक सय ५७ रन जोड्दा खेल टाई भयो । 

सुपर ओभरमा किंग्स ११ ले पहिलो ब्याटिङ गऱ्याे । दक्षिण अफ्रिकी बलर कागिसो रबाडाले घातक बलिङ सुपर ओभरमा गरे । उनले किंग्स ११ का लोकेश राहुल तथा निकोलास परनलाई आउट पारे । पहिलो बलमा लोकेशले दुई रन लिएका थिए ।

दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य पायो । किंग्स ११ का लागि मोहमद सामीले बलिङ गरे । उनले पहिलो बल डट फ्याँके । अर्को बल वाइड भयो । दिल्लीका रिषभ पन्तले अन्तिम बलमा दुई रन लिँदै दिल्लीलाई रोमाञ्चक जित दिलाए । 

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले गतिलो सुरुवात गर्न सकेन । लो स्कोरिङ खेलमा दिल्लीले सुरुवाती पाँच विकेट गुमाउँदा ८७ रन बनाएको थियो । 

कप्तान श्रेयस इयेरले २९ रन, रिभष पन्तले ३१ रन तथा मार्कोस स्टोनिसले ५३ रन जोडेपछि दिल्लीले २० ओभरमा एक सय ५७ रन बनाउन सफल भयो । 

सो ब्याटिङ इनिङ्समा दिल्लीका लागि म्यान अफ दी म्याच स्टोनिसले केवल २१ बलमा तीन छक्का र सात चौकाको सहयोगमा ५३ रनको योगदान दिए । 

दिल्लीको ब्याटिङमा आठ ब्याटसम्यानले दोहोरो रन नै बनाएनन् । प्रत्युत्तरमा पन्जाब ११ का ब्याट्सम्यानले धैर्यता गुमाउँदा सहज लक्ष्य पनि पार गर्न सकेन । 

अझ इनिङकै अन्तिम बलमा पन्जाब ११ लाई एक रन चाहिएको थियो । क्रिस जोर्डनलाई स्टोनिसले आउट पार्दै खेललाई टाई बनाए । खेलम अन्तिम ओभर रोमाञ्चक बन्यो । दिल्लीबाट अन्ति ओभर स्टोनिसले गर्न आए । अन्तिम ओभरमा पन्जाबले १३ रन बनाउनुपर्ने थियो । 

क्रिजमा मायांक अग्रवाल थिए । उनले स्टोनिसको पहिलो बल छक्का रूपमा प्रयोग गरे । त्यसपछि अर्को बलमा मायांकले दुई रन लिए । पन्जाबलाई अन्तिम चार बलमा पाँच रन मात्र चाहियो । 

मायांकले अर्को बलमा चौका प्रहार गर्दे खेल बराबरीमा पुऱ्याए । स्टोनिसले चौथो बल डट फ्याँके । पाँचौँ बलमा उनले मायांकलाई अक्षर पटेलबाट क्याच आउट गराए । 

अन्तिम बलमा सिमरोन हेटमेयरबाट जोर्डनलाई क्याच आउट गराउँदै स्टोनिसले पन्जाबलाई रोके । पन्जाबको ब्याटिङमा मायांक अग्रवालले ६० बलमा सात चौका र चार छक्का प्रहार गरी सर्वाधिक ८९ रन बनाएका थिए । 
तर, उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । यसैगरी कप्तान लोकेशले २१ रन बनाउन दुई चौका र एक छक्का प्रहार गरे । 

हैदराबादले बेैंग्लोरको सामना गर्दै
प्रतिस्पर्धाअन्तर्गत सोमबार रोयल्स च्यालेन्जर्स बैंग्लोर सनराइजर्स हैदराबादबीच खेल हुँदै छ । 

बैंग्लोरका कप्तानी विराट कोहली र हैदराबादको कप्तानी डेभिड वार्नरले गरिरहेका छन् । 

आइपिएमा अहिलेसम्म दुवै टोलीबीच १५ खेलमा प्रतिस्पर्धा भयो । जसमध्ये हैदराबादले आठ तथा बैंग्लोरले ६ खेलमा जित निकालेको छ । 

२०१६ को आइपिएल फाइनलमा हैदराबादले बैंग्लोरलाई आठ रनले हराउँदै उपाधि जितेको थियो ।

सुझावित समाचार