चले फेवातालमा डुंगा : स्वास्थ्य मापदण्ड अपनाएर मात्र यात्रु चढ्न पाउने

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण

पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा आएका छन् । 

लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा २ असोजबाट सञ्चालनमा आएका हुन् । 

कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो । 

सरकारले १ असोजबाट नै डुंगा सञ्चालनको अनुमति दिएको भए पनि मर्मतसम्भारको काम बाँकी रहेकाले २ असोजबाट सञ्चालनमा ल्याएको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए । 

उनले सरकारले दिएको निश्चित मापदण्डअनुसार डुंगा सञ्चालन थालेको बताए । 

डुंगामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दूरी कायम गर्नुपर्नेलगायतको मापदण्ड तयार पारिएको उनले बताए । 

डुंगा सञ्चालनका लागि यात्रुसँग लिने भाडासमेत नबढाइएको उनले जानकारी दिए ।

सुझावित समाचार