गौतमको सिफारिस राष्ट्रपति कार्यालयमा, मनोनयनको तयारी

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गर्ने निर्णयको पत्र राष्ट्रपति कार्यालयमा सिफारिस भएको छ ।

मन्त्रीपरिषद्को सिफारिस अनुसार राष्ट्रपति कार्यालयले गौतमलाई छिट्टै राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ ।

राष्ट्रपतिका संचार सल्लाहकार टिका ढकालले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनको लागि गरिएको सिफारिसपत्र राष्ट्रिपति कार्यालयमा दर्ता भइसकेको जानकारी दिए । उनले भने ‘सिफारिस पत्र दर्ता भइसकेकाले अहिले प्रक्रियामै छ ।’

गत सोमबार बसेको मन्त्री परिषद बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा गौतमलाई मनोनयन गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयमा मनोनयनको सूचना सार्वजनिक गरेर सोहि विषयमा जानकारी दिने तयारीमा राष्ट्रपति कार्यालय रहेको स्रोतको भनाइ छ । 

सुझावित समाचार