पिसिआर रिपोर्टविना हुम्ला प्रवेशमा निषेध

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

कोभिड– १९ को प्रकोपबाट हालसम्म ग्रिनजोनका रूपमा रहेको हुम्लालाई ग्रिनजोनकै रूपमा राख्न अब पिसिआर रिपोर्टविना हुम्ला जिल्ला  प्रवेशमा निषेध गरिएको छ ।  जिल्ला भित्रिँदा अनिवार्य  पिसिआर चेकजाँच गरी मात्रै आउन पाउने गरी  जिल्ला विपत् व्यवस्थापन समितिले निर्णय गरेको छ । 


कोभिड– १९ को रोकथाम नियन्त्रण र व्यवस्थापन गर्नका लागि सिमकोट विमानस्थलमा हेल्थ डेक्स राखिने भएको छ । नेपालगन्ज, सुर्खेत र काठमाडौंबाट हवाईमार्गबाट हुम्ला आउने यात्रुहरूले पिसिआर गरे–नगरेको चेकजाँच गर्नेछ । जिल्लाका दक्षिणी नाका मुगु र बाजुराको कवाडी नाकाबाट हुम्ला प्रवेश गर्नेहरूका लागि पनि कडा निरागनी र चेकजाँच गरिने भएको छ ।

यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन कमिटी गठन गरिएको छ ।

जिल्लामा संकलन गरिएको स्वाबको छिटोछरितो  परीक्षण व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारसँग पिसिआर मेसिन खरिद र अन्य व्यवस्थापन खर्चका लागि चार करोड बजेट माग गर्ने निर्णय गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले दिए । 
 

See More On

सुझावित समाचार