भुजीखोलाको बाढी : खोज तथा उद्धारमा नेपाली सेना

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण
भुजीखोलाको बाढी : खोज तथा उद्धारमा नेपाली सेना

भूजीखोलाको बाढीपीडितका लागि अत्यावश्यक राहतसामग्री ढुवानी गर्दै सेनाका जवान । फोटो : नेपाली सेना

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८, र ९ को तटीय बस्तीमा भुजीखोलाको बाढीमा परेर हराइरहेका व्यक्तिको खोजी र उद्धारमा नेपाली सेना खटिएको छ । सेनाको श्रीअर्जुणवाण गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दालगायत अन्य निकायहरूको सहयोगमा हालसम्म १४ जनाको शव फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

उक्त पहिरोमा परेर हराइरहेका २४ जनाको खोजी कार्य जारी रहेको सेनाले विज्ञप्ति निकालेर जनाएको छ । सेनाको एमआई १७  हेलिकाेप्टरद्वारा गृहमन्त्री रामबहादुर थापाबाट वस्तुस्थिति अवलोकन तथा अत्यावश्यक राहत सामग्री ढुवानी गरिएको पनि सेनाले जनाएको छ ।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दालगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गरी सेनाका ३० जना खोज तथा उद्धार कार्यमा खटिरहेको सेनाले जानकारी दिएको छ । 

सुझावित समाचार