वीरगन्जमा राहतको माग गर्दै जिल्ला प्रहरी कार्यालय पुगे विपन्न

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका– ९ श्रीपुरका स्थानीयवासी रासनको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन् ।

बिहीबार बिहान ९ बजे श्रीपुरकी रसबानी खातुनको अगुवाइमा रासन उपलब्ध गराउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् । 

दैनिक ज्यालादारीमा काम गरेर खाने परिवार भएको र कोरोना संक्रमण फैलिएपछिको विगत ५–६ महिनादेखि खानलाई समस्या भएको भन्दै पर्सा प्रहरी प्रमुखकहाँ पुगेको उनीहरूले बताएका छन् । 

लामो समयको बन्दाबन्दीले हातमुख जोड्न पनि समस्या भएकोले राहत उपलब्ध गराउन जिल्ला प्रहरी प्रमुखकहाँ आएको निवेदकका श्रीमान् भगेलु मियाँले बताए । 

उनले दैनिक ज्यालादारीमा काम गरेर खाने परिवारलाई यसमा धेरै समस्या भएको भन्दै दैनिक काम गरी खाने स्थानीयवासी जिल्ला प्रहरी प्रमुखकहाँ राहत माग्न आएको बताए ।

सुझावित समाचार