रामेछाप । जापानी आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको दुईकोठे विद्यालय भवन सम्बन्धित विद्यालयलाई मगंलबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ।
रामेछापको मन्थली नगरपालिका– १२, गेलुस्थित श्री पशुपति आधारभूत विद्यालयको दुईकोठे विद्यालय भवन जापानस्थित निचिनोकेन कान्तो कम्पनीका प्रमुख कोजिमा इसामुको सहयोगमा कुल ३५ लाख जापानी येन (२९ लाख ७३ हजार ४३५ रुपैयाँ नेपाली) मा निर्माण सम्पन्न भएको हो ।
उक्त नवर्निमित भवनको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र जापानस्थित निचिनोकेन कान्तो कम्पनीका अध्यक्ष कोजिमा ताकाशीले संयुक्त रूपमा उद्घाटन गरी सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्की र विद्यालयका प्रधानाध्यापक प्रह्लाद खत्रीलाई हस्तान्तरण गरिएको थियो ।
विद्यालयले नयाँ भवन पाएसँगै सो विद्यालयमा अध्ययनरत बालबालिकालाई धेरै सहज हुने जनाइएको छ । दुईकोठे भवनसँगै सुविधासम्पन्न हलसमेत निर्माण भएको छ ।