बाढीपहिरोका कारण गोरखा र सुर्खेतका विभिन्न सडकखण्डमा यातायात प्रभावित, केही स्थानमा एकतर्फी सवारी सञ्चालन

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । बाढीपहिरोका कारण गोरखा र सुर्खेतका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखामा दुई स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेका छन् भने सुर्खेतमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२, ३ र ५ तथा नयाँपुल क्षेत्रमा बाढीपहिरोका कारण सडक प्रभावित भएको छ। सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाट जोड्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, आरुघाट गाउँपालिका– ५ नयाँपुलस्थित रिघा क्षेत्रमा गोरखा–आरुघाट सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्। यसैगरी, कर्णाली प्रदेशअन्तर्गत सुर्खेत जिल्लाको बराहताल गाउँपालिका– ९, ओलिसेस्थित कर्णाली राजमार्गमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

प्रहरीले सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सम्बन्धित निकायसँग जानकारी लिन तथा सावधानी अपनाउन आग्रह गरेको छ।

सुझावित समाचार