सामसङ ग्यालेक्सी ए१७ ५जी २४ महिनाको किस्ता योजनामा उपलब्ध

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । सामसङ मोबाइल नेपालले चाडपर्वको अवसरमा ग्यालेक्सी ए१७ ५जीका लागि २४ महिनाको किस्ताबन्दी (इएमआई) सुविधा ल्याएको छ। लामो समयसम्म किस्ता तिर्न पाइने भएकाले ग्राहकहरूलाई थोरै मासिक किस्तामा स्मार्टफोन किन्न सजिलो र सहज हुने कम्पनीले जनाएको छ।

ग्राहकहरूले मात्र एक हजार २२१ रुपैयाँबाट सुरु हुने २४ महिनाको इएमआई योजनामार्फत यो फोन खरिद गर्न सक्नेछन्। यसका साथै, ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोन साटेर तीन हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्, जसले गर्दा सुरुमा बुझाउनुपर्ने डाउन पेमेन्ट शून्य प्रतिशतसम्म घट्न सक्छ।

null

ग्यालेक्सी ए१७ ५जीको २४ महिनाको इएमआई योजना र यसका सर्तहरूबारे थप जानकारीका लागि ग्राहकहरूले नेपालभर रहेका सामसङका आधिकारिक स्टोर तथा रिटेल आउटलेटहरूमा सम्पर्क गर्न सक्नेछन्।

See More On

सुझावित समाचार