काठमाडौं/दसैँलाई लक्षित गर्दै एलिकाले ‘ए ब्रेथ अफ फ्रेसनेस’ अर्थात् ‘ताजगीको एक सास’ भन्ने अवधारणासहित एलिका चिम्नी बजारमा ल्याएको छ । भान्सामा खाना पकाउँदा धुवाँ र गन्ध बढ्न सक्ने भएकाले भान्साको वातावरणलाई सहज र आरामदायी बनाउन चिम्नी प्रविधिमा जोड दिँदै कम्पनीले चिम्नी ल्याएको हो ।
दसैँमा परिवारका सदस्य तथा आफन्त भेला भएर विभिन्न परिकार बनाउने र सँगै बसेर खाने चलन छ । यस्तो समयमा भान्सामा धुवाँ हुने भएकाले प्रविधिमा जोड दिइएको हो । यसले खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्ध व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।
एलिका चिम्नीमा ऊर्जा बचत, शक्तिशाली सक्सन, शान्त सञ्चालन र भोल्टेजको उतारचढावमा सहज सञ्चालनलगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । यसको फ्लेक्सी भोल्टेज प्रविधिले १४० देखि २७० भोल्टसम्मको दायरामा सञ्चालन गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै, इन्टेली स्पिड प्रविधिले आवश्यकताअनुसार सक्सन गति व्यवस्थापन गर्न सहयोग गर्छ । सुपर क्वाइट प्रविधिले चिम्नी सञ्चालनका क्रममा भान्साको वातावरणलाई सहज र आरामदायी बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ । कम्पनीले एलिका चिम्नीको मोटरमा १५ वर्षको वारेन्टी उपलब्ध गराउने जनाएको छ ।