मुक्तिनाथ म्युचुअल फन्ड–२ को एकाइ बाँडफाँट

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फन्ड–२ को एकाइ बाँडफाँट भएको छ ।

फन्डले १ देखि ८ असोजसम्म प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड एकाइको बिक्री खुलाएको थियो । बिक्री अवधिभर मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशतले बढाएर १२ करोड ५० लाख एकाइ पुर्याइएको थियो ।

रितपूर्वक आवेदन दिएका आवेदकलाई सोही परिमाणमा एकाइ बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । 

सुझावित समाचार