म्याक्स टाइगरको दसैँ धमाका,  दुईजनाले जिते बाइक र स्कुटर

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत थप दुईजना भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् ।

धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेडएफआई मोटरसाइकल र बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका हुन् ।  

यस अभियानमा पुरस्कार जित्ने मौका अझै रहेको कम्पनीले जनाएको छ ।अभियानअन्तर्गत कुल १८ भाग्यशाली उपभोक्ताले यामाहा एफजेडएफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् ।

त्यसमाथि एकजना महाभाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारमा प्रोटोन कार पाउनेछन् । अभियान अझै पनि जारी रहेकाले पुरस्कार जित्ने अवसर बाँकी नै रहेको कम्पनीले बताएको छ । 

सुझावित समाचार