काठमाडौं/ कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत सो अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झा तथा अस्पतालका शाखा अधिकृत तिलोचन न्यौपानेलाई उपकरण हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी तथा कोशी अस्पतालका कर्मचारीको उपस्थिति थियो ।