काठमाडौं/ सिटिजन्स बैंकका ग्राहकले तीन विभिन्न संस्थामा छुट पाउने भएका छन् । ग्राहकलाई छुट प्रदान गर्न बैंकले रामाडा एन्कोर काठमाडौं, होटेल हिमालयन होराइजन र पान्क बाइकसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले रामाडा एन्कोरमा खाना तथा पेयपदार्थ तथा स्पा सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, होटेल हिमालयनमा बैंकका डेबिट कार्डवाहकलाई खाना तथा पेय पदार्थमा १० तथा क्रेडिक कार्डवाहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने समझदारीपत्रमा उल्लेख छ । त्यसैगरी, पान्क बाइकमा विद्युतीय तथा सामान्य साइकलमा १० प्रतिशत छुट हुने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बैंकले देशभरका दुई सय शाखा, एक ६७ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।