चितवन राष्ट्रिय निकुञ्जमा इ–टिकटिङ सुरु

बिहिबार, २९ असोज, २०८३
डिजिटल संस्करण

चितवन/ चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि बिहीबारदेखि सौराहा प्रवेश बिन्दुमा परीक्षणका रूपमा इ–टिकटिङ सेवा सुरु गरेको छ। अब पर्यटकले अनलाइनबाटै प्रवेश टिकट काटेर शुल्क भुक्तानी गर्न र क्युआर कोड देखाएर निकुञ्ज प्रवेश गर्न सक्नेछन्।

निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सेवा प्रभावकारी भए अन्य प्रवेश नाकामा समेत विस्तार गरिनेछ। यसले टिकट काट्न लाग्ने समय घटाउनुका साथै भिडभाड कम गर्ने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष ०८२/८३ मा निकुञ्जमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए। तीमध्ये दुई लाख ३७ हजार २५ जना सौराहा नाकाबाट प्रवेश गरेका थिए। इ–टिकटिङ सुरु गर्ने चितवन राष्ट्रिय निकुञ्ज देशकै दोस्रो निकुञ्ज बनेको छ।

सुझावित समाचार