काठमाडौं/ फिफा वरीयतामा नेपाली पुरुष फुटबल टोली एक स्थान खस्किएको छ । फिफाले बिहीबार जारी गरेको वरीयताअनुसार नेपाल एक स्थान खस्किएर १७८औँ स्थानमा पुगेको छ ।
दक्षिण एसियाको शीर्षस्थानमा रहेको भारत १३८औँ स्थानमा यथावत् छ । नेपालले पछिल्लोपटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च ३१ मा थियो । सो खेलमा नेपाल लाओससँग पराजित भएको थियो ।
त्यसपछि नेपाल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ्न सकेको छैन । गत २४ जुनमा नेपाल फिफाको निलम्बनमा परेको थियो ।
अफगानिस्तान १६८औँ, माल्दिभ्स १७३औँ, बंगलादेश १८२औँ, श्रीलंका १८४औँ, भुटान १९२औँ तथा पाकिस्तान १९७औँ स्थानमा छन् ।