कांग्रेस महाधिवेशन : सवारीसाधन पार्किङ कहाँ-कहाँ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ।
आइतबार दिउँसो २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङ गर्न आठ स्थानमा व्यवस्थापन मिलाएको छ।
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ।
पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन्।
प्रवक्ता खरेलका अनुसार सातै प्रदेशलाई समेटेर समिति गठन गरिएको हो। समितिमा सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा हुँदै छ।
कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थल खुलामञ्चमा महाधिवेशन आयोजना हुन लागेको हो। यही स्थलमा अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको घोषणा गरेका थिए।
पोखरा विश्वविद्यालयको २६औँ साधारण सभा : एक अर्ब ७५ करोड ८० लाखको बजेट स्वीकृत
पोखरा विश्वविद्यालयको २६औँ साधारण सभाले चालू आर्थिक वर्ष ०८३/८४ का लागि एक अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ।
नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय कार्यालय, खुदी, ढुंगेपाटनमा सम्पन्न सभाले उक्त बजेट स्वीकृत गरेको हो।
विश्वविद्यालयका रजिस्ट्रार प्राडा निर्मला जम्कट्टेलले चालू आर्थिक वर्षका लागि पेस गरेको बजेट सभाले स्वीकृत एवं पारित गरेको हो। यसैगरी, सभाले चालू आर्थिक वर्षका लागि विश्वविद्यालयका उपकुलपति प्राडा देवेन्द्र अधिकारीले सभामा पेस गरेको नीति तथा कार्यक्रमसमेत पारित गरेको छ।
शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताएका छन्। उनले सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।
‘शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो। त्यही भएर शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने।
टेकराज पौडेलले सहमहामन्त्रीमा उम्मेदवारी दिने
नेपाली कांग्रेसका नेता टेकराज पौडेलले १५ औँ महाधिवेनशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन्। हाल उनी पार्टीमा केन्द्रीय सदस्य छन्।
गृहजिल्ला बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर विजयी भएका पौडेलले यसपटक सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन्।
आइतबारदेखि सुरु हुन लागेका महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा भइरहेको छ।
सडक बन्नासाथ चाडपर्व लक्षित सामान तातोपानीबाट ल्याउने तयारी
पहिरोले असार ३१ गतेदेखि बन्द रहेको कोदारी सडक सञ्चालनमा आएसँगै तातोपानी नाका खुल्ने सम्भावना बढेको छ। सडक भासिएर साँघुरो भएको तातोपानीको घट्टेखोलामा सडक डिभिजनले ठुला मेसिनको प्रयोग गरेर बाटो फराकिलो पार्ने कामलाई निरन्तरता दिएको छ।
सडक डिभिजन कार्यालय, चरिकोटका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायणदत्त भण्डारीले ४० फिटे कन्टेनर पास हुने गरी बाटो फराकिलो बनाउन थालिएको जानकारी दिए। पछिल्लो वर्षाले मुस्ताङको कोरोला नाका पनि बन्द भएपछि चिनियाँ व्यापारी चाडपर्व लक्षित सामान तातोपानी नाकाबाट पठाउने तयारीमा जुटेका छन्।
ल्हासाबाट कोरोला हुँदै आएका हेभी कन्टेनरबिच बाटोबाट न्यालमतर्फ मोडिएका छन्। चिनियाँ ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिहरूका अनुसार चाडपर्वलक्षित फलफूल र रेडिमेड सामान बोकेका ४० फिटे कन्टेनर खासा जान न्यालमतर्फ हिँडेका छन्।
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले तोक आदेशका भरमा नगरपालिकाको राजस्व चुहावट गरेको विषयमा कोशी प्रदेश सरकारले विवरण मागेको छ। कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले ०८३ साउन १ गतेदेखि दमक नगरपालिकाले अवैध उत्खननमा संलग्न सवारीसाधनलाई कारबाही गरेको विवरण माग गरेको हो।
११ असोजमा आइतबार नयाँ पत्रिका दैनिक र नयाँ पत्रिकाको अनलाइन संस्करणमा ‘मेयरको तोक आदेशमा दमक नगरपालिकाको राजस्व चुहावट’ शीर्षकमा समाचार प्रकाशन भएपछि १३ असोजमा हेलो सरकारमा परेको उजुरीका आधारमा मन्त्रालयले शुक्रबार दमक नगरपालिकालाई पत्र लेख्दै विवरण माग गरेको हो।
नयाँ भवन ऐन विधेयक संसद् सचिवालयमा दर्ता, नागरिकको आवास अधिकार सुनिश्चित गर्ने प्रस्ताव
हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार दर्ता गराएको विधेयकमा निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारलाई सुरक्षित, व्यवस्थित र भूकम्प प्रतिरोधी घर उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयकअनुसार पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन तथा मापदण्डअनुसार घर बनाउन आवश्यक नदीजन्य तथा प्राकृतिक निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरिएको छ। गोठ निर्माणका लागि आवश्यक पर्ने प्रकृतिजन्य सामग्रीसमेत निवेदनका आधारमा निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्तावमा छ।
मनमोहन प्राविधिक विश्वविद्यालयको वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृत्ति
मनमोहन प्राविधिक विश्वविद्यालयको वार्षिक उत्सवको अवसरमा स्कुल अफ इन्जिनियरिङले विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ।
विश्वविद्यालयको सातौँ वार्षिकोत्सवको अवसरमा शुक्रबार साँझ बुढीगंगा–४, हात्तीमुढास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिभिल इन्जिनियरिङतर्फ स्नातक तह प्रथम सेमेस्टरका विभिन्न ८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो।
जनही ७१ हजार १७५ रुपैयाँको छात्रवृत्ति पाउने विद्यार्थीहरूमा सिभिल इन्जिनियरिङतर्फ प्रेरणाकुमारी यादव र इलेक्ट्रिकल इन्जिनियरिङतर्फ सुयोग भण्डारी रहेका छन्।