त्रिशूली वाङमय प्रतिष्ठानको शारदीय काव्य उत्सव सम्पन्न

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

त्रिशूली वाङमय प्रतिष्ठानको आयोजनामा शारदीय काव्य उत्सव सम्पन्न भएको छ । हरेक वर्षझैँ यस वर्ष पनि बडादसैँका अवसरमा आयोजित कार्यक्रममा २५ जना कविले मुलुक छाड्नु नै गौरव ठानेकाहरूका तथा सत्ताको राजमार्गमा पुगेपछि भिर र गोरेटो बिर्सनेहरूप्रति व्यंग्य गर्दै गरिबहरूले दसैँ मनाउन नसकेको पीडा र विश्वमै पुँजीवाद हाबी भएकाबारे पनि गीत, मुक्तक र कवितामार्फत अभिव्यक्ति दिएका थिए । 

कार्यक्रममा मुरारी नराल, केशरी अमगाईं, अभय श्रेष्ठ, रामगोपाल आशुतोष, डा. विक्रम तिमिल्सिना, महेश क्षितिज, माधव अटल, प्रकाश रम्घाली, प्रकाश गुरागाईं, स्वप्निल स्मृति, उमेश अकिञ्चन, होमराज श्रेष्ठ, देवी नेपाल, एचके धिताल, दिवाकर विष्ट, सुदीप उद्यत, राजेन्द्र श्रेष्ठ, देवराज ढकाल, यशोदा अधिकारी, देवकी समीक्षा, सावित्रा पाण्डेलगायतले कविता वाचन  गरेका थिए । 

कार्यक्रममा साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीले दुई पंक्तिमा पनि गीत, गजल र कविताले गम्भीर भाव दिन सक्ने तथा तिनैमाथि हरफमाथि उपन्यास र महाकाव्य बन्ने उदाहरण दिँदै युवा कविका कविता चोटिला भएको बताए ।  समालोचक डा. गीता त्रिपाठीले जताततै हत्या, हिंसा, असमानताको विषम परिस्थितिमा शासकहरूले पनि साहित्य सुन्नु र पढ्नुपर्ने औँल्याइन् ।  

 प्रतिष्ठानका अध्यक्ष आरएम डंगोल, पूर्वअध्यक्ष श्रीहरि फुँयाल, महासचिव राजेन्द्र सागर र कोषाध्यक्ष लक्ष्मी रुम्बाले आफ्नो स्थापनाको १५ वर्ष प्रवेश गरेको प्रतिष्ठानले कविगोष्ठी, पुस्तक–पत्रिका प्रकाशन, साहित्ययात्रा, जलयात्रालगायत कार्यक्रम गरिसकेको र आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गरिने जानकारी दिए ।

  वाङमयको नयाँ कार्यसमति चयन 
यसैबीच, प्रतिष्ठानका अध्यक्षमा आरएम डंगोल, उपाध्यक्षमा राजेन्द्रमान डंगोल, महासचिवमा राजेन्द्र सागर, सचिवमा लक्ष्मी रुम्बा र  कोषाध्यक्षमा पुरु लम्साल तथा सदस्यमा शिवप्रसाद आचार्य, डा. विक्रम तिमिल्सिना, प्रभाती किरण, पुरू विमल, कृष्णकिसु, उत्तम विचार, वैरागी जेठा, जया ओझा र  पूजा श्रेष्ठ रहेको १३ सदस्यीय प्रतिष्ठान पुनः गठन गरिएको छ । 

सुझावित समाचार