युएस ओपन : ६ वर्षपछि पूरा भयो जेभरेभको सपना

तीन घण्टा ३३ मिनेट चलेको खेलमा एलेक्जेन्डर जेभरेभले जित निकाल्दै पहिलोपटक युएई ओपनको उपाधि जिते

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

जर्मनीका एलेक्जेन्डर जेभरेभले युएस ओपन २०२६ को एकलतर्फको उपाधि जितेका छन् । न्युयोर्कको आर्थर ऐस मैदानमा भएको फाइनलमा जेभरेभले अमेरिकाकै बेन सेल्टनलाई हराएका हुन् । खेलमा उनी ६–३, ७–६(२), ५–७ र ६–२ ले विजयी भएका हुन् ।

तीन घण्टा ३३ मिनेट चलेको खेलमा उनी जित निकाल्न सफल भए । विश्व वरीयतामा दोस्रो स्थानमा रहेका जेभरेभले पहिलोपटक युएस ओपनको उपाधि जितेका हुन् । समग्रमा उनले दोस्रोपटक ग्रान्डस्लाम उपाधि उचाले । यस वर्ष फ्रेन्च ओपनमा पनि जेभरेभ नै च्याम्पियन भएका थिए । योसँगै जेभरेभले समग्रमा २६ उपाधि जितेका छन् । उनी सन् १९८९ पछि युएस ओपन जित्ने पहिलो जर्मनी खेलाडीसमेत बनेका छन् ।

फाइनल जितेपछि २९ वर्षीय जेभरेभ केही समय कोर्टमै उभिइरहे । सेल्टरले गल्ती गरेपछि जेभरेभ जित आफ्नो पक्षमा लेखाउन सफल भएका थिए । त्यसैले पनि उनी उपलब्धि हासिल गरेकोमा अच्चम्मित थिए । जितपछि उनी केही समय कोर्टमै उभिइरहे । लामो समयपछि आर्थर ऐस मैदानमा उपस्थित दर्शकले ठुलो स्वरमा उनको नाममा समर्थन गरिहेका थिए । त्यसपछि उनले हात उठाएर समर्थकले खुसियाली मनाइरहँदा आफ्नो पनि साथ दिए । उनले ऐतिहासिक जितको खुसियाली निकै लामो समयसम्म मनाएका थिए ।

जेभरेभका लागि यो उपाधि किन पनि महत्वपूर्ण थियो भनेर ६ वर्षअघि फर्कनुपर्छ । २०२० मा उनको सपना टुटेको थियो । युएस ओपनकै फाइनलमा उनी डोमिनिक थिमसँग पराजित भएका थिए । दुई सेट त जितेका थिए । तर, त्यसपछिका बाँकी सेट उनको पक्षमा रहेन । त्यसैले पनि यसपटक उनलाई यो उपलब्धि हासिल गर्नु नै थियो । कुनै पनि हालतमा गुमाउनु थिएन ।

प्रतिस्पर्धात्मक फाइनल भिडन्त
यसपटकसमेत बेस सेल्टनको पुनरागमनले जेभरेभलाई अत्याएको थियो । पुरानै फाइनल स्मरण गराएको थियो । जेभरेभले सुरुका दुई सेट जितेका थिए । तर, सेल्टनले तेस्रो सेट सात–पाँचले आफ्नो नाममा गराए । तर, जेभरेभले चौथो सेटमा आफूलाई सम्हाल्दै कुनै चमत्कार हुन दिएनन् । 

दोस्रो तथा आठौँ वरीयता प्राप्त गरेको बेन सेल्टन अमेरिकी टेनिसमा इतिहास रच्ने मनसायमा थिए । उनी सन् २००३ मा एन्डी रोडिकपछि ग्रान्डस्लाम एकल उपाधि जित्ने अमेरिकी खेलाडी बन्ने लक्ष्यमा थिए । 

तर, एलेक्जेन्डरले उनको सपना पूरा हुन दिएन । २३ वर्षीय बेन सेल्टनले सुरुवात त राम्रो गरेका थिए । तर, त्यति सफल हुन सकेनन् । तेस्रो सेटमा सेल्टनले सानदार प्रदर्शन गरे । तर, पनि उनको केही लागेन । 

चौथो सेटमा जेभरेभले कुनै गल्ती दोहोर्याएनन् । आक्रामक खेल प्रदर्शन गरे । बेन सेल्टनको सर्भिसमा दबाब बनाएका थिए । उनलाई कुनै पनि समय दबाब बनाउनैदिएनन् । सेल्टनले लगातार गल्ती गरे । त्यसको फाइदा एलेक्जेन्डर जेभरेभले उठाएका थिए । 

सुझावित समाचार