नेपाल शीर्ष चार बाहिर

शनिबार, २४ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शीर्ष ४ मा नपर्ने पक्का भएको छ । शुक्रबार भएको लिग–२ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई हराएसँगै नेपाल शीर्ष ४ मा नपर्ने पक्का भएको हो ।

योसँगै नेपालले अब सिधै विश्वकप छनोट खेल्न पाउनेछैन । अब नेपाली टोलीले प्ले अफमार्फत विश्वकप छनोट खेल्नुपर्नेछ । गत चक्रमा नेपाल शीर्ष ४ भित्रै रहेर छनोट खेलेको थियो । क्यानडालाई हराएपछि ओमानको २९ खेलबाट ३३ अंक भएको छ । नेपालको ३२ खेलबाट २४ अंक छ । नेपाले बाँकी चारै खेल जित्दा पनि अधिकतम ३२ अंकसम्म मात्र पुग्न सक्छ ।

यता, शीर्ष चारको टुंगो भने यसअघि नै लागेको थियो । अमेरिका ३४ खेलबाट ४७ अंकसहित लिग–२ को च्याम्पियन बनिसकेको छ । गत चक्रको च्याम्पियन स्कटल्यान्डको ३६ खेलबाट ४५ सहित दोस्रो र नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छन् । चौथो स्थानको ओमानको २९ खेलबाट ३३ अंक, पाँचौँको नामिबियाको ३४ खेलबाट २९ अंक, छैटौँको क्यानडाको ३३ खेलबाट २५ अंक छ । नेपाल ३२ खेलमा २४ अंकसहित सातौँमा छ भने युएई ३० खेलबाट १९ अंकसहित आठौँमा छ ।

सुझावित समाचार