डर्टमन्डको लगातार तेस्रो जित

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमन्डले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले पाडरबर्नलाई ३–० ले हरायो । इदुना पार्कमा भएको खेलमा डर्टमन्डलाई जित दिलाउन फेलिक्स एनमेचाले दुई गोल गरे । अर्काे गोल फाबिओ सिल्भाको नाममा रह्यो ।

पहिलो हाफमा डर्टन्डन्डले एक गोल गरेको थियो । दोस्रो हाफमा दुई गोल थप्यो । पहिलो हाफमा टोलीले गरेको दुई गोललाई भिएआरले मान्यता दिएन । यो जितपछि डर्टमन्ड तीन खेलमा नौ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि फ्रेइबर्ग शीर्ष स्थानमा रह्यो । 

सुझावित समाचार