ओमानविरुद्ध नेपाल ११३ रनले विजयी

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण
ओमानविरुद्ध नेपाल ११३ रनले विजयी

तस्बिर : नेपाल क्रिकेट संघ

काठमाडौं/ आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल विजयी भएको छ। अल अमिरात मैदानमा नेपालले घरेलु टोलीलाई ११३ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर १६३ रनको योगफल तयार गरेको थियो। ४० ओभरमा अलआउट भएको ओमानले १५० रन मात्रै जोड्न सक्यो।

नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन जोडेका थिए। ५० बल सामना गरेका उनले तीन छक्का प्रहार गरे। करण केसीले मात्र १६ बलमा ४० रनको योगदान गरे। एक छक्का र चार चौका प्रहार गरेका उनी रनआउट भएका थिए।

५९ बल सामना गरेका ओपनर अर्जुन कुमालले चार चौकाको मद्दतमा ४० रन बनाउँदा डा. ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे। दीपेन्द्रसिंह ऐरी २२, सन्दीप जोरा १० र आशिफ शेख चार रन बनाएर पेभेलियन फर्किँदा नन्दन यादवले नटआउट सात रन जोडे।

ओमानका लागि शाह फैसल, सकिल अहमद र करन सोनावलेले समान दुई विकेट निकाल्दा हसनैन शाहले एक विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए। ८३ बल सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे। जय ओडेड्राले ५७ बलमा २५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

ओमानलाई सस्तैमा समेट्न नेपाली बलरहरूले निकै कसिलो बलिङ गरे। कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले समान एक विकेट निकाले।

सुझावित समाचार