गलत तथा तथ्यहीन सूचना सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न प्रहरीको आग्रह

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीले विपद्का कारण भएको क्षतिसम्बन्धी गलत तथा तथ्यहीन सूचना सामाजिक सञ्जालमा सम्प्रेषण वा सेयर नगर्न आमनागरिकलाई आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार सूचना जारी गर्दै विपद्का विषयमा अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन र सेयर नगर्न अनुरोध गरेको हो।

प्रहरीले विपद्सम्बन्धी कुनै पनि सूचना सेयर गर्नुअघि त्यसको स्रोत र सत्यता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ। साथै, पुष्टि भएका सूचना मात्र सार्वजनिक गर्न र एआईबाट निर्मित सामग्रीलाई वास्तविक घटना भन्दै सामाजिक सञ्जालमा सेयर नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

उद्धारको आवश्यकता परेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल वा सम्बन्धित आधिकारिक निकायलाई तत्काल जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।

प्रहरीका अनुसार विपद्को संवेदनशील समयमा गलत तथा भ्रामक सूचनाको प्रसारले सर्वसाधारणमा अनावश्यक भ्रम सिर्जना गर्नुका साथै वास्तविक उद्धार तथा राहत कार्यमा समेत बाधा पुर्याउन सक्छ।

त्यसैले, विपद्सम्बन्धी सूचना सम्प्रेषण गर्दा जिम्मेवार बन्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र प्राथमिकता दिन प्रहरीले आमनागरिकलाई आग्रह गरेको छ।

See More On

सुझावित समाचार