रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक बस्न लागेको हो।

रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार बैठक शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ। बैठकमा प्रस्तुत गरिने विषय तथा छलफलका एजेन्डा तय गर्न आवश्यक तयारी भइरहेको महामन्त्री आचार्यले जानकारी दिएका छन्।

केन्द्रीय समितिको बैठकमा पार्टीका समसामयिक विषय तथा संगठनसँग सम्बन्धित विषयमा छलफल हुने भए पनि औपचारिक कार्यसूची भने गृहकार्यपछि तय गरिने जनाइएको छ।

See More On

सुझावित समाचार