बालोन डिओर अवार्डका मुख्य दाबेदार

विश्व फुटबलमा बालोन डिओरको पुरस्कारले धेरै ठुलो अर्थ राख्छ

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

फिफा विश्वकप २०२६ को समापनसँगै वर्षको उत्कृष्ट खेलाडीले पाउने बालोन डिओर २०२६ को अवार्ड दौड रोमाञ्चक बनेको छ । विश्व फुटबलमा बालोन डिओरको पुरस्कारले धेरै ठुलो अर्थ राख्छ । यो अवार्ड पाउन खेलाडीबिच ठुलै प्रतिस्पर्धा हुने गरेको छ ।

विश्वकपअघिसम्म यो अवार्डको दौडमा धेरै खेलाडी थिएनन् । तर, उत्तर अमेरिकामा सानदार प्रदर्शनपछि धेरै खेलाडीले दाबी प्रस्तुत गरेका छन् । विश्वकप जितेका स्पेनिस स्टार लामिन यमलसँगै कप्तान रोड्री, लगातार अर्जेन्टिनालाई फाइनलमा पुर्याएका कप्तान लियोनल मेसी, सेमिफाइनलमा स्थान बनाएका इंग्ल्यान्डका ह्यारी केन, फ्रान्सका औसमाने डेम्बेले र केलिएन एम्बाप्पे यो अवार्ड जित्न दौडमा छन् ।

प्रतिष्ठित बालोन डिओर अवार्डको ७०औँ संस्करण आगामी अक्टोबर २६ मा लन्डनमा आयोजना हुनेछ । गत वर्ष पुरुषतर्फ पेरिस सेन्ट जर्मेन (पिएसजी)का उस्माने डेम्बेले र महिलातर्फ बार्सिलोनाकी आइताना बोनमातीले बालोन डिओरको उपाधि जितेका थिए ।

लामिन यमल (क्लब– बार्सिलोना)
यदि लामिन यमलले बालोन डिओर उपाधि जिते भने उनी इतिहासकै १९ वर्षको उमेरमा अवार्ड जित्ने पहिलो खेलाडी बन्नेछन् । असााधरण क्षमता र स्टारडमका कारण यी खेलाडीले पछिल्लो वर्ष निकै कीर्तिमान बनाउँदै आएका छन् । उनी युरोपियन च्याम्पियनसिप र विश्वकप दुवैको फाइनल खेल्ने र जित्ने पहिलो खेलाडी बने । यो उपलब्धि स्पेनबाट बनाएका हुन् । विश्वकपमा उनले केवल एक गोल मात्रै गरे पनि टिमलाई उपाधि भने जिताएका छन् । यी खेलाडीले बार्सिलोनाका लागि पनि धेरै कीर्तिमान बनाएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै टिमले ला लिगा र सुपरकोपाको उपाधि जितेको छ । त्यसैले पनि उनी बालोन डिओर जित्ने दौडमा रहेका छन् ।

ह्यारी केन (क्लब – बायर्न म्युनिख)
बढ्दो उमेरसँगै ह्यारी केनमा झनै परिपक्वता देखिएको छ । लगातार क्लब र देशका लागि सानदार प्रदर्शन गरिरहेका छन् । ३३ वर्षीय स्ट्राइकरले क्लब र देशका लागि ६४ खेलमा ७३ गोल । लियोनेल मेसीले २०११–१२ सिजनमा गरेको ८२ गोलपछि एउटै सिजनमा कुनै खेलाडीले गरेको यो दोस्रो सर्वाधिक गोल हो । केनले अहिलेसम्म बालोन डिओरको मतदानमा १०औँ स्थानभन्दा माथि पुग्न सकेका छैनन् । तर, विश्वकपमा टिमलाई चौथो बनाएपछि उनको चर्चा झनै बढेको छ । त्यस्तै, यसपटक बालोन डिओरको दौडमा रहेका छन् । यस सिजनमा उनले वायर्नका लागि बुन्डेसलिगा, डिएफबी–पोकाल र जर्मन सुपरकप जिताएका थिए ।

लियोनल मेसी (क्लब – इन्टर मियामी)
अमेरिकी मेजर लिग सकर खेलिरहेका कप्तान लियोनल मेसीबाट बालोन डिओर जित्ने सम्भावना थिएन र कमैले आकलन पनि गरेका थिए । तर, उत्तर अमेरिकामा भएको विश्वकपमा मेसीले जुन प्रदर्शन गरे त्यसपछि उनले आफूलाई यो अवार्ड जित्ने दौडमा राखेका छन् । मेसीले पहिलो खेलमै अल्जेरियाविरुद्ध ह्याट्रिक गरेपछि पुनः आफू लयमा रहेको प्रस्ट पारे । सानदार प्रदर्शन गर्दै टिमलाई पुनः फाइनलमा पुर्याउन सफल भएका थिए । विश्वकपमा मेसीले कुल आठ गोल गरेका थिए । तर, टिमलाई स्पेनसँगको हारबाट भने जोगाउन सकेनन् । यद्यपि, युरोपियन फुटबल छाडेका मेसीले ३९ वर्षमा पनि आफ्नो प्रभाव देखाए । त्यसैले पनि मेसीले सर्वाधिक नवौँपटक बालोन डिओर जित्ने सम्भावना बढाएका छन् ।

रोड्री (क्लब – म्यानचेस्टर सिटी)
स्पेनले सन् २०१० पछि विश्वकप जित्दा केन्द्रमा रहे मिडफिल्डर कप्तान रोड्री । उनले मध्यभागमा रहेर प्रतियोगिताकै सर्वाधिक ७५६ पास खेले । टिमलाई अर्जेन्टिनी स्टार लियोनल मेसी, फ्रान्सका स्टार केलिएन एम्बाप्पे, औसमाने डेम्बेले र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोबाट दबाबमुक्त बनाए । उनकै प्रदर्शनका आधारमा टिम च्याम्पियन बन्यो । सोहीकारण रोड्री पनि यसपटक बालोन डिओरको दाबेदार हुन् । यदि उनले यो अवार्ड हात पारे भने दोस्रोपटक हुनेछ । उनी गत अक्टोबरमा एसिएल चोटपछि पहिलोपटक मैदानमा फर्किएर  आफूलाई प्रमाणित गर्न सफल भएका हुन् । विश्वकपमा सफल भएपछि उनी म्यानचेस्टर सिटीमै रहने कि रियलम्याड्रिड यात्रा तय गर्ने भन्नेमा दोधारमा छन् ।

औसमाने डेम्बेले (क्लब – पेरिस सेन्ट जर्म) (पिएसजी)
अट्याकर औसमाने डेम्बेलेलाई सन् २०२१ मा लियोनल मेसीपछि लगातार दोस्रोपटक बालोन डिओर जित्ने अवसर रहेको छ । सन् २०२५–०२६ को सिजनमा उनले नै अवार्ड थापेका थिए । जतिवेला पिएसजीलाई पहिलोपटक उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । डेम्बेलेकै प्रभावशाली प्रदर्शनमा गत सिजनमा टोली लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । यसपटक फ्रान्स उत्तर अमेरिकामा चौथो स्थान हासिल गर्दा पनि डेम्बेलेको प्रदर्शन सानदार रह्यो । यद्यपि, डेम्बेले र सहकर्मी केलिएन एम्बाप्पेको अट्याक स्पेनविरुद्ध चलेन र लगातार फाइनलमा स्थान बनाउन असफल भए । तर, स्विडेनविरुद्ध उनले ह्याट्रिक नै गरे । समग्रमा ६ गोल गरे ।  त्यसैले पनि यसपटक डेम्बेलेलाई बालोन डिओरको दौडमा देख्न सकिन्छ । 

See More On

सुझावित समाचार