सन् १९५६ : इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरले स्वेज नहरलाई राष्ट्रियकरण गर्ने घोषणा गरे । उनको घोषणाले स्वेज संकटको सुरुवात गर्यो ।
सन् १७७५ : अमेरिकी कन्टिनेन्टल कंग्रेसले फिलाडेल्फियामा हुलाक कार्यालय स्थापना गर्यो । बेन्जामित फ््रयांकलिन यसका प्रथम प्रमुख बने ।
सन् १८०३ : सम्भवतः विश्वको पहिलो सार्वजनिक रेलसेवा मानिने ‘सर्रे आइरन रेलसेवा’ले दक्षिण लन्डनमा सेवा सुरु गर्यो ।
सन् १८६५ : न्युजिल्यान्डले देशको राजधानी अकल्यान्डबाट वेलिङ्टन सार्यो ।
सन् १९४५ : दोस्रो विश्वयुद्धका नायक भनिएका कन्जर्भेटिभ पार्टीका विन्स्टन चर्चिलले युद्ध लगतै भएको बेलायतमा भएको आमनिर्वाचनमा हारे । लेबर पार्टीले अभूतपूर्व जित हासिल गरेपछि क्लिमेन्ट एट्ली नयाँ प्रधानमन्त्री बने ।
सन् १९५२ : इजिप्टेली क्रान्तिका क्रममा देशका राजा फारुक प्रथमले नाबालक फाहद द्वितीयलाई राजगद्दी त्यागेर देश छाडे । एक वर्षपछि नाबालक राजा फालेर देशमा राजतन्त्र अन्त्य भयो ।
सन् १९५३ : फिडेल क्यास्ट्रोले क्युवामा क्रान्ति सुरु गर्ने लक्ष्यका साथ मोनकाडा ब्यारेकमाथि गरेको आक्रमण असफल भयो ।
सन् २०१७ : पूर्वराष्ट्रपति बराक ओबामाले बनाएको समलिंगीहरूलाई सेनामा प्रवेश दिने कानुन नयाँ चुनिएर आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गरिदिए ।
सन् २०१८ : फेसबुकले एकै दिनमा उसको बजार मूल्यको झन्डै १९ प्रतिशत अर्थात् ११९ अर्ब डलर गुमाएको थियो ।
सन् २०२३ : निजेयरमा सैन्य कु । राष्ट्रपति मोहमद बाजुम राष्ट्रपति भवनमै बन्दी बनाइए ।