राष्ट्रिय क्रिकेट टोलीका सफल बलर सन्दीप लामिछानेले ब्याटिङमा भने खराब रेकर्ड बनाएका छन्। एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरैपटक शून्य रनमा आउट हुने नेपाली खेलाडीको रेकर्ड उनको नाममा बनेको छ।
आइसिसी विश्वकप लिग २ अन्तर्गतको बिहीबारको खेलमा नेदरल्याड्सविरुद्ध शून्य रनमै आउट भएपछि उनको नाममा यस्तो रेकर्ड बनेको हो। बिहीबारको खेलमा उनी रनआउट भएका थिए।
हालसम्म उनी नौपटक एकदिवसीय खेलमा शून्य रनमा आउट भएका छन्। यसअघि यो खराब रकेर्ड कुशल भुर्तेलको नाममा थियो। उनी ८ पटक शून्य रनमा आउट भएका छन्।
नेद्ल्यान्ड्सविरुद्धको सो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।