इतिहासमा आज

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

सन् २०१६ : टर्किस सेनाभित्रको करिब आठ हजार फौजले राष्ट्रपति रिसेप तयिप एर्दोगानविरुद्ध गरेको कु प्रयास असफल भयो । कु पक्षधर र विरोधीबिच झडपमा झन्डै तीन सयजनाको ज्यान गएको थियो ।

सन् १०९९ : पहिलो ‘क्रुसेड’को क्रममा इसाई फौजले जेरुसेल सहर कब्जामा लिएपछि ठुलो लुट मच्चाए । इसाई धर्म प्रवर्तक जिससको जन्मस्थल जेरुसेल गैर इसाईहरूको हातबाट फर्काएन अभियानसहित युरोपबाट समूह बनाएर आएका अभियानलाई ‘क्रुसेड’ भनिन्छ ।

सन् १७९९ : नेपोलियनको इजिप्ट अभियानका क्रममा फ्रेन्च सेनाका क्याप्टेन पियरे–फ्रान्स्वा बोचार्डले इजिप्टको गाउँ रोसेटामा ‘रोसेटा स्टोन’ भेटे । तीन लिपिमा लेखिएको त्यस पत्थरलाई आधुनिक पुरातŒवको सबैभन्दा महŒवपूर्णमध्ये एक खोज मानिन्छ, जसले प्राचीन इजिप्टेली अक्षर खुट्याउन सम्भव बनायो ।

सन् १८१५ : बाटरलु युद्धमा हार भोगेसँगै नेपोलियनले ब्रिटिस जहाज ‘एचएमएस बेलरोफोन’मा गएर क्याप्टेन फेडेरिक मैटल्यान्डसामु आत्मसमर्पण गरे ।

सन् १९१६ : काठ व्यापारी विलियम ई बोइङले वासिङटन राज्यको सियाटलमा ‘प्यासिफिक एरो प्रोडक्ट्स कम्पनी’ नामको कम्पनी दर्ता गरे, जुन पछि गएर विश्वकै ठुलो हवाई कम्पनी बोइङमा विकास भयो ।

सन् १९६८ : शीतयुद्धको समयका प्रतिद्वन्द्वी राष्ट्र अमेरिका र सोभियत संघबिच औपचारिक रुपमा व्यावसायिक हवाई उडान सुरु भयो ।

सन् २००६ : ज्याक डोर्सी, इभान विलियम्स र विज स्टोनद्वारा निर्माण भएको माइक्रोब्लगिङ सेवा ट्विटर(जुन अहिले ‘एक्स’ नामले चिनिन्छ)को पूर्ण संस्करण यसै दिन सार्वजनिक भयो । 

सुझावित समाचार