इतिहासमा आज

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

सन् २०१६ : फ्रान्सेली सहर नाइसमा अतिवादी हमला हुँदा ८५ जनाको मृत्यु हुनुका साथै ३०० जनाभन्दा बढी घाइते । एउटा कार्यक्रम मनाइरहेका वेला आक्रमणकारीले १९ टनको ट्रक एउटा भिडमा जोताएका थिए । प्रहरी कारबाहीमा आक्रमणकारीको मृत्यु ।

सन् १७८९ : आजकै दिन पेरिसको बाहिरी भागमा रहेको किल्लायुक्त कारागारलाई एउटा भिडले आक्रमण गरेर कब्जामा लिएको थियो । फ्रान्सेली क्रान्तिको प्रस्थानविन्दु मानिने यस घटनामा प्रदर्शनकारीले खासमा हातहतियार र गोलीगठ्ठा माग्न गएका थिए । तर, गार्डले प्रतिरोध गरेपछि भिडले उक्त जेललाई कब्जामा लियो । त्यसलाई पुरानो शासनको अन्त्यको प्रतीक मानिन्छ र यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाइन्छ ।

सन् १९५८ : इराकी सेनाका ब्रिगेडियर अब्द अल करिम कासिमले इराकमा सैन्य विद्रोह गरे । कुका क्रममा इराकी राजा फैसल द्वितीय, युवराजधिराज अब्द अल इलाह र प्रधानमन्त्री नुरी अल साइद मारिए । कुलगत्तै कासिम प्रधानमन्त्री बनेका थिए । 

सन् १९६४ : अमेरिकाले भियतनाममा ६ सयभन्दा बढी सेना पठायो ।

सन् १९७५ : अरब क्षेत्रका संसद्मा पहिलोपटक महिला उम्मेदवार निर्वाचित । इजिप्टकी राब्या अतेया देशको नेसनल एसेम्बलीमा निर्वाचित हुने पहिलो महिला बनिन् ।

 सन् २०१७ : गणित अध्ययन क्षेत्रको ‘नोबेल पुरस्कार’ भनिने फिल्ड मेडलबाट सम्मानित पहिलो महिला तथा पहिलो इरानी गणितज्ञ मर्यम मिरजाखानीको ४० वर्षको उमेरमा निधन । चार वर्षअघि स्तनबाट सुरु भएको क्यान्सर अन्य अंगमा फैलिएर उनको मृत्यु भएको थियो ।

सुझावित समाचार