चीनमा ‘टाइफुन बाभी’ आँधी : २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

चीनमा एक साताभित्रै आएको दोस्रो शक्तिशाली आँधीका कारण त्यसको बाटोमा पर्ने ठाउँबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ‘टाइफुन बाभी’ सबैभन्दा फराकिलो ठाउँमा एक हजार किलोमिटरसम्म फैलिएको छ । पहिलोपटक यो आँधी शनिबार साँझ तटीय सहर ताइझोउमा ब्रजिएको थियो ।

एकपछि अर्को गर्दै दुर्गम जापानी टापुमा धक्का दिने क्रममा समुद्री आँधीले ताइवानमा भारी वर्षा निम्त्याएको थियो । बाभी ताइवानको उत्तरी छेउ हुँदै अघि बढेको थियो । यसअघि उक्त आँधीले फिलिपिन्समा गएको पहिरोमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो । उत्तर–पश्चिमतर्फ सर्दै जाने क्रममा सो समुद्री आँधीको वेग बिस्तारै कम हुने अपेक्षा गरिएको छ ।

आँधीको मुख्य हिस्सा आइतबार बिहान जजियाङ प्रान्तको हाङझोउ सहरमा पुगेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सुझावित समाचार